कीर्तिमानी पर्वतारोहीलाई स्वागत

कीर्तिमानी पर्वतारोहीलाई स्वागत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- तीन महिनामा १४ हिमाल आरोहण गरी विश्वकीर्तिमान कायम गरेका दुई जना पर्वतारोहीलाई स्वागत गरिएको छ । शनिवार नर्वेकी आरोही क्रिस्टिन हरिला र नेपाली गाइड तेन्जेन ९लामा० लाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिएको हो ।

शेर्पाले यही साउन ११ गते विश्वको दोस्रो अग्लो केटु हिमालको सफल आरोहण गरेका थिए। पर्यटन मन्त्रालय, पर्यटन विभाग, नेपालल पर्वतारोहण संघ लगायत विभन्नि पर्यटनसँग सम्बन्धित संघसंस्था एवं आरोहीहरु विमानस्थलमा सांस्कृतिक बाजागाजासहित स्वागतका लागि पुगेका थिए ।

हरिला र शेर्पाले सगरमाथा, कञ्चनजंघा, ल्होत्से, मकालु, धौलागिरी, अन्नपूर्ण, मनास्लु, चो ओयु, शिशपाङ्मा, नङ्गा पर्वत, गाशरब्रम–२, गाशरब्रम–१, ब्रोडपिक र केटु हिमालको सफल आरोहण गरिसकेका छन्।