काठमणडु – सञ्चार तथा सूचना, प्रविधिमन्त्री पार्वत गुरुङले सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज २८ गते सञ्चार मन्त्रालयमा नियुक्त गरेका थिए ।
यसअघि परारष्ट्रमन्त्री प्रदीप ज्ञवाली सरकारको प्रवक्ता रहेका थिए । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले गुरुङलाई सरकारको प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।




प्रतिक्रिया