सचिवालय बैठक स्थगित गरेर पार्टी एकतालाई बचाउँः मन्त्री गुरुङ

सचिवालय बैठक स्थगित गरेर पार्टी एकतालाई बचाउँः मन्त्री गुरुङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवं सञ्चारमन्त्री पार्वत गुरुङले सचिवालयको बैठक स्थगित गर्न आग्रह गरेका छन् ।

बुधबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्री गुरुङले पार्टी एकतालाई बचाउनका लागि सचिवालय बैठक स्थगित गर्नुपर्ने माग गरेका हुन् ।

उनले अकल्पनीय घटनालाई बिर्सेर दुई ठूला भिन्न पार्टी एक भएको अवस्थामा अध्यक्षद्धयलाई अहिलेको आरोप–प्रत्यारोपको पत्रलाई प्रेम–पत्र सम्झेर बैठक स्थगित गर्न सुझाव दिएका छन् ।

नेकपा सचिवालय बैठक दिउँसो एक बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । यता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठक स्थगित नहुने बताएका छन् ।

‘सोच्नै नसकिने अकल्पनीय घटनालाई त बिर्सेर दुई ठूला भिन्न धारमा रहेका कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर विश्व कम्युनिष्ट आन्दोलनमै नयाँ दृष्टान्त पेश गर्न सफल अध्यक्षद्धयलाई अहिलेको आरोपप्रत्यारोपको पत्रलाई प्रेम–पत्र सम्झेर आजको सचिवालय बैठक स्थगित गरी पार्टी एकतालाई बचाउन अनुरोध गर्दछु’, उनले भनेका छन् ।