काठमाडौं – महिला बालबालिका तथा जेष्ठ नागरिकमन्त्री पार्वत गुरुङलेसुत्केरी हुन नसकी ज्यान जोखिममा परेका दुई गर्भवती महिलाको उद्दार गराएका छन् ।
डोल्पा र सल्यानमा दुई महिलाको ज्यान जोखिममा परेको सूचना आएपछि मन्त्री गुरुङको निर्देशनमा तत्कालै हेलिकोप्टरमार्फत उद्दार गरिएको हो । मन्त्री गुरुङको क्वीक एक्शनपछि डोल्पाको से फोक्सुन्डोकी ३० बर्षीया गर्भवती ठिमी रोका र सल्यानको शारदा नगरपालिका निवासी २८ बर्षीया सुगन्धा पुनको उद्दार गरिएको हो ।
दुवै गर्भवती महिला सुत्केरी हुन नसकी अचेत बनेका थिए । सुत्केरी हुन नसकी गर्भवती महिला अचेत बनेको सूचना मन्त्रालयमा आएलगत्तै क्वीक एक्शन गरी हेलिकोप्टरमार्फत उद्दार गरिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले दुर्गम भेगमा रहेका गर्भवती महिलाहरु उपचारको अभावमा ज्यान जाने घटना रोक्न राष्ट्रपति महिला उद्दार कार्यक्रम लागू गरेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले यो कामको नेतृत्व गर्दै आएको छ ।
मन्त्री गुरुङले मन्त्रालयको कार्यभार सम्हालेपछि आज दुई महिलाको उद्दार गरेसँगै अहिलेसम्म ६२ जनाको ज्या नबचेको छ । पदबहालीकै क्रममा मन्त्री गुरुङले महिला, बालबालिका र जेष्ठ नागरिक जस्तो अति संवेदनशील मानिएको क्षेत्र भएकोले अन्य मन्त्रालयमा जस्तो ढिलासुस्ती र काममा उत्तरुदायीबिहीनता हुनै नहुने आफ्नो बटमलाइन सुनाएका थिए ।
उनले सवै कर्मचारीले तोकिएको जिम्मेवारीलाई इमान्दारितका साथ पूरा गर्दै कसैको मुख नताकी ज्यान जोखिममा परेका महिलाको उद्दार कार्यमा एक सेकन्ड पनि समय नलिन कर्मचारीलाई निर्देशन पनि दिएका थिए । ज्यान जोखिममा परेका घाइते वा सुत्केरी महिलाको उद्दारको बिषयमा कुनै कन्जुस्र्याई नगर्ने घोषणा पनि मन्त्री गुरुङले गरेका छन् ।




प्रतिक्रिया