काठमाण्डु – सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको पार्टी नै आधिकारिक भएको दाबी गरेका छन् ।
मंगलबार मन्त्रिपरिषद् बेठकका निर्णयहरु सार्वजनिक गर्दै सञ्चारमन्त्रीसमेत रहेका प्रवक्ता गुरुङले तोकिएको मितिमा निर्वाचन हुने भन्दै निर्वाचनको घोषणा गरेको सरकार प्रमुखले नेतृत्व गरेको पार्टी नै आधिकारिक भएको दाबी गरे ।
‘जुन दलको प्रधानमन्त्रीले निर्वाचनको घोषणा गरेको छ, जुन दलको नेता प्रधानमन्त्री केपी शर्मा आली छ । अहिले निर्वाचन आयोगले अध्यक्षको हिसाबले प्रधानमन्त्री केपी ओलीलाई चिनेको छ । जुन कुरा आयोगको निर्णयले पनि देखेको छ । अध्यक्षको रुपमा नचिनिएको माधव नेपाललाई आयोगले चिन्दैन । उसैले दाबी विरोध गर्न जानु कति कानून सम्वत छ त्यो उसैले (माधव नेपाल) बुझ्ने कुरा हो । आयोगले गरेको निर्णय उल्टदैन’, उनले भने, ‘प्रधानमन्त्रीले मध्यावधी निर्वाचनको सिफारिस गरेको छ सिफारिस गर्ने प्रधानमन्त्री जुन दलको अध्यक्ष छ त्यो पार्टी र दल नै आधिकारिकता हो भन्ने कुरा सबैले बुझ्नुपर्छ । यसमा अलमल हुनुपर्दैन ।’
मन्त्री गुरुङले प्रचण्ड–माधव नेपाल समूहले निर्वाचन आयोगमा दल दर्ता र आधिकारिकताका विषयमा जर्बजस्ती गरेको बताए । उनले हदम्याद नाघिसकेपछि पनि उक्त समूहले दाबी पेश गरेको बताए ।
‘दल दर्ता आधिकारिकताको कुरो निर्वाचन आयोगको निर्णयमा विश्वास छ । आयोगले मिति तोेकेपछि हाम्रो दाबी विरोध गर्ने, हद म्याद गइसकेपछि दलहरु (प्रचण्ड–माधव नेपाल समूह)ले आयोगको कानून, नीति निर्देशन, त्यसका निर्वाचन आयोगको व्यवस्था त्यसलाई नबुझी दाबी गरेका छन् । हदम्याद नाघिसकेका कुरामा जर्बजस्ती दाबी विरोध गरेको छ’, उनले भने ।
उनले तोकिएको निर्वाचन गर्न सुरक्षा परिषद् बैठकको प्रस्तावलाई मन्त्रिपरिषद्ले निर्णय गरेको बताए । त्यस्तै आज प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्नका लागि तयारी गर्न र अलमलमा नपर्न आग्रह गरेको मन्त्री गुरुङले जानकारी दिए ।
मन्त्री गुरुङले तोकिएको समयमा निर्वाचन हुने विश्वास व्यक्त गरे । उनले आन्दोलनमा होमिएका सबै राजनीतिक दलहरु निर्वाचनमा भाग लिने जिकिर गरे । प्रवक्ता गुरुङले निवाचनको तयारीमा लाग्न सबैलाई आग्रह गरेका छन् । उनले प्रचण्ड नेपालको आन्दोलनको कुनै अर्थ नभएको बताए ।
‘तोकिएको मितिमा निर्वाचन हुन्छ । तोकिएको मितिमा चुनाव हुन सक्दैन भनेर तर्क दिने राजनीतिक दलहरु सबै निर्वाचनमा भाग लिन्छन्’ मन्त्री गुरुङले भने ।




प्रतिक्रिया