विदेशबाट आएका गर्भवती महिलालाई छुट्टै क्वारेन्टाइन बनाउने तायरी

विदेशबाट आएका गर्भवती महिलालाई छुट्टै क्वारेन्टाइन बनाउने तायरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले विदेशबाट उद्धार गरेका गर्भवती र सुत्केरी महिलालाई छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने भएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरी ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाइनको व्यवस्था गर्ने जानकारी दिए ।

आइतबार मन्त्रालयका विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि क्वारेन्टिन लगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको समेत जानकारी दिए ।

उनले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलगायत संवेदनशील वर्ग र समुदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिइरहेको बताए ।

मन्त्री गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रह गरेका छन् ।