कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनीः गलत सुझाव दिए कारबाही गर्छु

कर्मचारीलाई सञ्चारमन्त्रीको चेतावनीः गलत सुझाव दिए कारबाही गर्छु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गलत सुझाव दिनेमाथि कारबाही गर्ने चेतावनी दिएका छन् ।

बिहीबार सञ्चार मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री गुरुङले पत्रकारिता क्षेत्रमा रहेका विकृतिलाई निमूल पार्ने बताएका छन् । उनले आफू पनि गलत नगर्ने र कर्मचारीहरुले पनि गलत गरे छुट नदिने चेतावनी दिएका छन् ।

उनले सबै मन्त्रालयहरुको सूचनालाई एकद्वार प्रणालीबाट सम्प्रेषण गर्ने व्यवस्था मिलाउने बताए । मन्त्री गुरुङले कुनै पनि मन्त्रालयको सूचना लुकाएर बस्ने स्थितिको अन्त्य गर्दै एकद्वार प्रणालीमार्फत सूचना दिने व्यवस्था मिलाउने बताए ।

उनले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले चुनौतीपूर्ण मन्त्रालयको जिम्मेवारी दिँदैछु भन्नुभएको स्मरण गरेका छन् । उनले कार्यकालको १०० दिनभित्र केही चिरफार गरेर सार्वजनिक गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

‘आफूलाई सञ्चार क्षेत्र बुझेको छैन भनेर गलत सुझाव दिनेमाथि कारबाही गरिन्छ । कसैले पनि बाङ्गो टिङ्गो बाटोबाट सुझाव दिए आफूले छिटो बुझ्ने प्रयत्न गर्ने र त्यस्ता व्यक्तिसँग सम्बन्ध कायम गर्दिन’, उनले भने ।