काठमाण्डु – नेपालका लागि इजरायली राजदुत हानान गोडरले सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङसँग भेटवार्ता गरेका छन् ।
सोमबार राजदुत गोडरले मन्त्री गुरुङसँग सूचना र प्रविधिको विकासको बिषयमा सिंहदरवार पुगेर छलफल गरेका हुन् ।
मन्त्री गुरुङले उक्त भेटघाटमा सूचना र प्रविधिको विकासका लागि इजरायलको सेटलाईट प्रविधिका सम्बन्धमा अनुभव आदान प्रदान भएको बताएका छन् ।
दुई मुलुकबीचको सम्बन्धलाई अझै सुदृढ बनाउने विषयमा पनि छलफल भएको मन्त्री गुरुङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।




प्रतिक्रिया