पर्वतमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, पर्वत अस्पताल बन्द

पर्वतमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण, पर्वत अस्पताल बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – पर्वत अस्पतालमा पाँच जना स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको पाइएको छ । आफ्ना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अस्पतालका सबै सेवा बन्द गरिएको छ ।

शुक्रबार बिहान एक विज्ञप्ति जारी गर्दै पर्वत अस्पतालले आकस्मिक सेवाबाहेक अन्य सबै सेवा अनिश्चितकालका लागि बन्द गरेको जनाएको छ ।

काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा गरिएको स्वाब परीक्षणमा उनीहरूमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनीहरू पर्वत कोरोना अस्पताल (अस्थायी) मा सङ्क्रमितहरूको उपचारमा खटिँदै आएका थिए ।

स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएपछि आफूहरुको पनि कोरोना परीक्षण हुनुपर्ने त्यहाँ कार्यरत कर्मचारीहरूले माग गरेका छन् ।