नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती

नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेकी ९० वर्षीया पार्वती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु – मुगु छायाँनाथ रारा नगरपालिकामा ९० वर्षीया पार्वती रोकायले नातिको पिठ्यूँ चढेर मतदानस्थल पुगेर मतदान गरेकी छन् ।

छायाँनाथ रारा नगरपालिका– ५ को श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय कार्की वाडाको मतदान केन्द्रमा उनले मतदान गरेकी हुन् । उनलाई नाति दिपक रोकायले बोकेर मतदानस्थल लगेका थिए ।