काठमाण्डु – प्रभु बैंक लिमिटेडले सल्यान जिल्लाको शारदा नगरपालिकाको श्रीनगरमा आफ्नो शाखा विस्तार गरेको छ । आइतबार सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. ०१ स्थित श्रीनगरमा आफ्नाे २०९औं शाखा खोली सञ्चालनमा ल्याएको हो ।
बैंकको श्रीनगर शाखा कार्यालयको समुद्घाटन शारदा नगरपालिकाका मेयर सुंरेश अधिकारीले गरेका छन् । बैंकको श्रीनगरमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथि सुरेश अधिकारीले प्रभु बैंकले आप्नो बैंकको व्यावसायिक सञ्जालविस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नाे शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगन सम्म सरल र सहजरुपमा बैंकिङ्ग सेवाविस्तार गरी प्रशंसनीयकार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्रनभई समग्र देशको आर्थिकविकासमा सकारात्मक टेवापुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।
बैंकको श्रीनगरमा शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिकप्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिकफर्म, कम्पनीतथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवाउपभोग गरी लाभान्वितहुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घिभई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा श्रीनगर शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंको विश्वास छ ।




प्रतिक्रिया