प्रभु बैंक र होटल सिताशरण प्रालिबीच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

प्रभु बैंक र होटल सिताशरण प्रालिबीच आकर्षक छुट गर्ने सम्झौता सम्बन्धी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । मंगलबार प्रभु बैंक लिमिटेड र जनकपुर स्थित होटल सिताशरण प्रालिबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

बैंकका तर्फबाटजनकपुर शाखा कार्यालय प्रमुख अशोक कुमार साहर होटल सिताशरण प्रालिका तर्फबाट महाप्रबन्धक कमल सिंह साउदद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटलबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकहरुले होटल सिताशरण प्रालिद्धारा सञ्चालित “फुड” र “वेभरेज” सेवामा १० प्रतिशत र “लजिङ्ग” सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उतm सम्झौता अन्तर्गत होटल सिताशरण मा सुविधा लिन चाहनुहुने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सिताशरण का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।