काठमाण्डु – सत्तारुढ दलका शिर्ष नेताहरु एमसीसी अनुमोदनका लागि संसदमा टेबल गर्न सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसीसी टेबल गर्ने सहमति भएको हो ।
तर, शिर्ष नेताहरुको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ, एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल र जसपाका नेता बावुराम भट्टराईलाई भने बैठकमा बोलाइएन । उनिहरुलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवको आग्रहमा नबोलाइएको बालुवाटार स्रोतले बतायो ।
यसअघि दाहालले प्रधानमन्त्री देउवाले भट्टराईलाई बैठकमा नबोलाउन आग्रह गरेका थिए । तर, आइतबारको बैठकमा एमसीसी विरोधी नेताहरुलाई योजनाबद्ध रुपमा नबोलाइएको हो । सधै शिर्ष नेताहरुको बैठकमा सहभागी हुने नेताहरुलाई आइतबारको बैठकमा नबोलाएपछी नेताहरु आक्रोशित भएका छन् ।
माओवादी नेता श्रेष्ठले आजको बैठकमा आफुहरुलाई नबोलाइएको बताए । समाजवादीका नेता खनालले एमसीसी टेबल गर्ने शिर्ष नेताहरुको निर्णयप्रती असहमति जनाएका छन् । उनले एमसीसी राष्ट्रघाती सम्झौंता भएको भन्दै यसलाई संसदमा लिन नमिल्ने बताए ।
शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव मात्र सहभागी थिए ।




प्रतिक्रिया