कांग्रेस-एमालेबीचकाे सहमतिपछि प्रचण्डलाई बाबुरामले भने- सधैँभरी ठग्न सकिन्न

कांग्रेस-एमालेबीचकाे सहमतिपछि प्रचण्डलाई बाबुरामले भने- सधैँभरी ठग्न सकिन्न

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पूर्वप्रधानमन्त्री तथा नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्ड लक्षित गर्दै सधै भरी ठग्न नसकिने टिप्पणी गरेका छन् ।

कांग्रेस-एमालेबीचकाे सहमतिपछि सामाजिक सञ्जाल मार्फत डा. भट्टराईले प्रचण्डलाई लक्षित गर्दै भनेका छन् ‘केहीलाई सधैँभरी ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरी ठग्न सकिन्न । सन्दर्भ बुझौं।’

आफ्नो निर्वाचन क्षेत्र गोरखा प्रचण्डका लागि छोडेका डा. भट्टराईको पछिल्लो समय सम्बन्ध बिग्रिएको छ । उनले पछिल्ला दिनहरुमा प्रचण्डको आलोचना गर्दै आएका छन् । खासगरी नेसपालाई विभाजित गरेर माओवादीमा विलय गराएपछि बाबुराम प्रचण्डसँग आक्रोशित छन् ।