निर्वाचनपछि सजिलैसंग प्रधानमन्त्री चुनिन्छ : प्रचण्ड

निर्वाचनपछि सजिलैसंग प्रधानमन्त्री चुनिन्छ : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  यो निर्वाचनले देशमा विकास र समृद्धिको नयाँ प्रकृयातर्फ लाने बताएका छन् ।

चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगरमा मतदान गरेपछि दाहालले निर्वाचनपछि सजिलैसंग प्रधानमन्त्री चुनिने दाबी गरे।

‘मैले सार्वजनिक कार्यक्रममा भन्दै आएको छु। प्रधानमन्त्रीका कारण गठबन्दन टुट्दैन। जबसम्म संविधान माथि, सुशासन र समृद्धिको यात्रामाथि प्रश्न चिन्ह् रहन्छ तबसम्म गठबन्धन जारी रहन्छ, उनले भने।

अहिले हामीले प्रधानमन्त्रीको टुंगो लगाएका छैनौँ गठबन्धनभित्र यो निर्वाचन सकिएपछि हुन्छ। मैले पनि सबैतिर भनेको छु प्रधानमन्त्री हाम्रो लागि समस्याको विषय हुँदैन,’ उनले भने ‘आरामसंग त्यसलाई हल गरिन्छ।’

उनले निर्वाचन पछि सरकार गठबन्धनकै बन्ने दाबी गरेका छन्। ‘देशैभर चुनावी प्रचारमा सबैभन्दा बढी म नै हिडेको छु। निर्वाचनको हाम्रो पक्षमा माहोल छ,’उनले भने, ‘गठबन्धनकै सरकार बन्छ।’