माओवादी अध्यक्ष प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेटवार्ता

माओवादी अध्यक्ष प्रचण्डसँग नवनियुक्त अमेरिकी राजदूत थम्प्सनको शिष्टाचार भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग नेपालका लागि अमेरिकी नवनियुक्त राजदूत डिन थम्प्सनले शिष्टाचार भेटवार्ता गरेका छन् ।

अध्यक्ष निवास खुमलटारमा मंगलबार बिहान भएको भेटवार्तामा वर्षौदेखिको दुई देशको सम्बन्ध, नेपाली राजनीति, आर्थिक विकासका बारेमा छलफल भएको हाे ।

अध्यक्ष दाहालले नेपालको विकासमा अमेरिकाले गर्दै आएको सहयोगबारे चर्चा गरेका थिए । ‘नेपाल र अमेरिकबीच वर्षौंदेखिको मित्रता रहेको छ । तपाईंको कार्यकालमा यो सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु,’ दाहालले भनेका थिए । नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको बताउँदै दाहालले त्यसमा अमेरिकाको सहयोग आवश्यक रहेको बताएको उनको सचिवालयले जानकारी दिएको छ ।

राजदूत थम्पसनले प्राकृतिक र सांस्कृतिक विविधताले भरिएको सुन्दर मुलुक नेपालमा आउँदा खुसी व्यक्त गरेको दाहालको सचिवालयले जानकारी दिएको छ । ‘उहाँले नेपालको दिगो र समावेशी आर्थिक विकास लक्ष्य हासिल गर्न अमेरिकी सहयोग निरन्तर रहने विश्वास दिलाउनुभयो,’ राजदूत थम्प्सनको भनाइ उल्लेख गर्दै दाहालको सचिवालयले भनेको छ ।

भेटमा ७५ वर्षदेखिको नेपाल-अमेरिका सम्बन्ध आफ्नो कार्यकालमा अझै उचाई लिने विश्वास राजदूत थम्प्सनले व्यक्त गरेका थिए ।