प्रचण्डले आरोप फिर्ता लिएको भए पार्टी एकता जोगिन्थ्यो : वामदेव गौतम

प्रचण्डले आरोप फिर्ता लिएको भए पार्टी एकता जोगिन्थ्यो : वामदेव गौतम

आफूले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन ओली तयार हुनुहुन्थ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्न तयार भएको खुलासा गरेका छन् ।

शनिबार आयोजित भेलालाई सम्बोधन गर्दै नेता गौतमले ओलीले पार्टी एकता जोगाउन प्रधानमन्त्री पद छाड्ने अफर पुष्पकमल दाहाल प्रचण्डसमक्ष गरेको खुलासा गरेका हुन् ।

गौतमले भने, दुई अध्यक्षबीच भएको बैठकमा म पनि पुगेको थिएँ । त्यहाँ अध्यक्ष ओलीले म पार्टी एकता जोगाउन आएको छु । यसका लागि जेपनि गर्न तयार छु भन्नुभयो । म एउटा पद छाड्न तयार छु । तर मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार छु । भन्नु भएकाे थियाे।

ओलीले यसका लागि आफूविरुद्ध लगाइएका सङ्गीन आरोप फिर्ता लिन दोस्रो माग अघि सारेका थिए । उनले भने, ‘पहिलो विषयमा नेताहरूबीच धेरै छलफल भएन । उहाँहरू दुवै यसका लागि सहमत देखिनुभयो । तर प्रचण्डले आरोपहरू फिर्ता लिन सक्दिनँ भन्नुभयो । उहाँले आरोपहरू फिर्ता लिनुभएको भए सायद पार्टी एकता जोगिन्थ्यो होला ।’