२०७० को चुनावमा बम हान्नेलाई गृहमन्त्री बनाएँ, शायद मैले गल्ती गरेँ :प्रचण्ड 

२०७० को चुनावमा बम हान्नेलाई गृहमन्त्री बनाएँ, शायद मैले गल्ती गरेँ :प्रचण्ड 

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिलाई उल्ट्याउन ‘जाली फटाहा’ले प्रयास गरिरहेका छन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको बताएका छन् ।

मंगलबार रुकुम पश्चिममा ३२ औं जनआन्दोलन दिवसकाे सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले  आयोजना गरेको जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको बताएका हुन् ।  प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताएका छन्।

‘पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि यो प्रतिगमन हो भनेर त्यसविरुद्ध संघर्ष गर्न देशव्यापी अपिल गरेँ । जनताले साथ देलान् त भन्नेमा संशय पनि थियो तर देशभर जाँदा जनता प्रतिगमन, प्रतिक्रान्तिका विरुद्ध हाम्रो पार्टीलाई साथ दिन तयार छ भन्ने मैले देखेँ,’ प्रचण्डले भने, ।

जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी रहेको उनले बताए । ‘देशभित्र र बाहिर अनेक षडयन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसका विरुद्ध लडिरहेका छौं,’ उनले भने, ‘तर काठमाण्डुमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं ।’

हालै माओवादी केन्द्र छाडेर एमालेमा प्रवेश गरेका नेताहरुतर्फ संकेत गर्दै उनले भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नती गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साझा सिधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली पटाहबाट हेडक्र्वाटर घेरिए जस्तो भयो ।’ यद्यपि आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको समेत बताए ।