प्रचण्ड र गण्डकीका मुख्यमन्त्री अधिकारीबीच बालुवाटारमा भेटवार्ता


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

सचिवालयका अनुसार अहिले प्रधानमन्त्री र मुख्यमन्त्रीबीच छलफल चलिरहेको छ। दुवैबीच समसामयिक राजनीतिक विषयमा छलफल भइरहेकाे हाे।

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् बिस्तार र जिम्मेवारी बाँडफाट हुन सकेको छैन। सोही विषयमा छलफल गर्न लागि मुख्यमन्त्री अधिकारी काठमाडौँ आएका हुन्। ‍आजै बिहान प्रधानमन्त्री दाहाल र लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनबीच भेटवार्ता भएको थियो।

प्रतिक्रिया दिनुहोस
Advertisement