काठमाण्डु – सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।
अमेरिकी सहयोग एमसीसी सम्झौता संसद्बाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र विवाद चर्किएपछि मंगलबार श्रेष्ठलाई भेट्न प्रचण्ड हात्तिवनस्थित उनैको निवासमा पुगेका हुन् ।
एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकता केन्द्र समूहका नेताहरूले पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना रहेपछि प्रचण्ड आफैँ गएको खुमलटार स्रोतको दावी छ ।




प्रतिक्रिया