प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

प्रधानमन्त्री प्रचण्डले गरे महाकालेश्वर मन्दिरमा पूजाअर्चना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उज्जैनस्थित महाकालेश्वर मन्दिरमा पूजाअर्चना गरेका छन् ।

नयाँदिल्लीबाट विशेष विमानमार्फत् उज्जैन पुगेर प्रधानमन्त्री प्रचण्डले महाकालेश्वरको पूजाअर्चना गरेका हुन् । सोहीक्रममा उनले नेपालबाट लगेको १०८ केजी रूद्राक्ष र ५१ हजार रूपैयाँ दान गरेका छन् ।

पूजा गर्ने क्रममा प्रधानमन्त्री प्रचण्डसँगै अर्थमन्त्री डा. प्रकाशशरण महत पनि सहभागी भएका छन् । भारतको १२ ज्योतिर्लिङ मध्ये मशाकालेश्वर पनि एक हो ।

नेपालका प्रधानमन्त्रीको ‘अतिविशिष्ट प्रोटोकल’ का कारण महाकाल मन्दिर दर्शनसम्बन्धी व्यवस्थामा परिवर्तन गरी ६ घन्टासम्म सर्वसाधारणलाई पूजाअर्चनामा रोक लगाइएको थियो । सो अवधिभित्र मन्दिरका पण्डा र पुजारीमात्र गर्भगृहसम्म जान सक्ने गरी सुरक्षा व्यवस्था कडा पारिएको छ ।