प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ

प्रधानमन्त्री प्रचण्डले लिए पद तथा गोपनीयताको शपथ


काठमाण्डु – नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार शीतलनिवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसहित सात दलको समर्थनसहित राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीका लागि दाबी पेस गरेका थिए ।