बुटवल – नेपाली कांग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंहले सरकार परिवर्तनको संकेत देखा पर्न थालेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ समारोहका गएकै बेला नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ५ बुँदे सहमति बाहिर ल्याउनु सामान्य नरहेको भन्दै यसबाट सरकार परिवर्तनको संकेत मिलेको उनको दाबी छ ।
बुटवलमा शनिबार आयोजित एक कार्यक्रममा कांग्रेस नेता सिंहले भने, ‘यो प्रधानमन्त्रीसँग डिल नगर, अब म प्रधानमन्त्री बन्नेवाला छु भन्ने सन्देश प्रचण्डले मोदीलाइ दिएका हुन् ।’ सिंहले ओलीको भारत भ्रमण निराशाजनक भएको समेत टिप्पणी गरे । सिंहले भने, ‘फर्केपछि उहाँसँग भेट त भएको छैन, ओलीजीको बडील्याङ्वेज हेर्दा,अनुहार मलिन छ,अघिपछिको जस्तो देखिएन ।’
भारत लोकतान्त्रिक मुलुक भएकाले यसले नेपालमा लोकतन्त्र स्थापित भएको हेर्न चाहने पनि उनले तर्क गरे । तर अहिलेका प्रधानमन्त्री संघीयता असफल बनाउने र शक्ति आफैमा केन्द्रित गर्ने खेलमा लागेको सिंहको आरोप छ ।
सिंहले ५ बर्ष ओली नेतृत्वको सरकार रहिरहे देशमा लोकतन्त्र नै नरहने पनि दाबी गरे । ‘ओली र राष्ट्रपति मिलेर शासन गर्न खोजेका छन्, हरेक गाउँपालिका र नगरपालिकामा भ्रष्टाचार बढिरहेको छ , नेपाली जनता र लोकतन्त्र कमजोर बनाउन प्रधानमन्त्री नै लागि परेका छन्’, उनले आरोप लगाए । प्रधानमन्त्रीले बुद्धिजिविलाई कोट काट्ने मुसा भन्ने गरेको र प्रेसको कलम पनि निमोठ्ने प्रयास गरेको भन्दै व्यक्ति मोटाएर अधिनायवाद मात्र आउने तर देश कहिल्यै नबन्ने बताए ।
लोकतन्त्र र कम्यूनिष्ट सरकार सँगसँगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको समेत दाबी गरे ।संविधान सहमतिको दस्तावेज भएको बताउँदै सिंहले सरकार संघीयतालाई कमजोर बनाउन लागिपरेको पनि आरोप लगाए । सिंहले लोकतन्त्रका लागि एक पटक फेररि आन्दोलनमा उत्रने बेला आएको बताए । उनले लोकतन्त्र रक्षाका लागि काँग्रेस जनताको घरघरमा जाने समेत बताए ।
लोकतन्त्र र कम्यूनिष्ट सरकार सगसगै जान नसक्ने भन्दै उनले सरकारले शक्ति पृथकीकरणको सिद्धान्तलाई लत्याएको दाबि गरे । प्रधानमन्त्रीले आफैमा शक्ति सञ्चय गर्ने, संसद, सरकार र न्यायलय,सेना,प्रेसलाई आफु मातहत राख्न खोज्ने, एकात्मक र जनवादी व्यवस्था लागू गर्न खोजेको उनकाे आरोप छ ।
संविधान सहमतीको दस्तावेज भएको बताउदै सरकारले संघियतालाई कमजोर बनाउन खोजेको र ।प्रधानमन्त्री नवदलाल, विचौलीया र दलालहरुको नजिक छन्,यो सरकार काण्डै काण्डको सरकार हो, वालुवाटार जग्गा, ३३ किलो सुनकाण्ड, वाईडवडी, एनसेल, आयल निगम काण्डमा प्रधानमन्त्रीको संलग्नता रहेको समेत आरोप लगाए ।




प्रतिक्रिया