प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा सहिद परिवारको नभएको खुलासा

प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा सहिद परिवारको नभएको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युनिष्ट पाटी (नेकपा) जुम्लाले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार गर्ने रतन तिरुवा सत्तारुढ नेकपाको कार्यकर्ता नभएको स्पष्ट पारेको छ।

नेकपा जुम्लाका अध्यक्ष बीरबहादुर कुँवरले प्रेस विज्ञप्ति निकालेर प्रचण्डमाथि जुत्ता प्रहार गर्ने रतन तिरुवा जुम्लामा पनि पटक पटक अराजनीतिक कार्यमा संग्लन रहेको र नेपाल प्रहरीले पनि खोजी रहेको व्यक्ति भएको बताएका हुन्।

विज्ञप्तिमा भनिएको छ,‘जति निन्दा गरेपनि नपुन्ने यो अराजनैतिक उदण्ड, आंतककारी कार्यमा संलग्न जुम्ला सिँजा गाउँपालिका निवासी मुन तिरुवाको छोरा कथित रतन तिरुवा भन्ने व्यक्ति कुनै सहिद परिवार र हाम्रो पार्टीको पनि समर्थकसम्म होइन। यो विप्लव समूहको गतिविधिमा रहेको ब्यक्ति हो।’

पूर्वलडाकू र सहिद परिवार भनेर हल्ला भइरहेकोमा कुनै सत्यता नरहेको अध्यक्ष कुँवरले बताएका छन्। सार्वजनिक स्थलमा गम्भीर प्रकारको घृणित कार्य गर्ने रतन तिरुवा भन्ने व्यक्तिलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न नेकपा जुम्लाले माग गरेको छ।

आइतबार तिरुवाले राष्ट्रियसभा गृहमा आयोजित भरतमोहन स्मृति सभामा सम्बोधन सकेर फर्किदै गरेका प्रचण्डमाथि जुत्ता प्रहार गरेका थिए । तर जुत्ता प्रचण्डलाई नलागी अन्य कसैलाई लागेको थियो । तिरुवाका बावु मुन तिरुवा माओवादी लडाकु रहेको र जनयुद्धमा सहिद भएको भनिएको थियो ।