एमाले महाधिवेशन बहिस्कार गरेका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी

एमाले महाधिवेशन बहिस्कार गरेका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राप्रपा महाधिवेशनको उद्घाटन सत्रमा सहभागी भएका छन् । काठमाण्डुको भृकुटीमण्डपमा जारी राप्रपाको महाधिवेशनमा शुभकामना दिन अध्यक्ष प्रचण्ड पुगेका हुन् । ६ दिनअघि भएको एमालेको १०औँ महाधिवेशनमा सहभागी नभएका प्रचण्ड राप्रपा महाधिवेशनमा सहभागी हुन पुगेका हुन् ।

शुक्रबारसम्म चल्ने महाधिवेशनको उद्घाटन सत्रमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसहितका नेताहरु पनि सहभागी भएका छन् । राप्रपाको आगामी नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देनको अध्यक्ष पदमा उम्मेदवारी घोषण भएको छ ।