कार्यकर्तालाई प्रचण्डको निर्देशन- गठबन्धनसँग मिलेर चुनाव जितौंला र खाउँला भन्ने दिमागबाट हटाउनुस्


काठमाण्डु- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको सहकार्य सम्झिँदा दिक्क लाग्ने गरेको बताएका छन् ।

माओवादीको उपत्यका विशेष समन्वय समिति, सम्पर्क समन्वय समिति, प्रवास समन्वय समितिको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले ओली जत्तिको खराब व्यक्तिसँगको सहकार्यप्रति घृणा लागेको बताएका हुन् । संसद विघटन ओलीको मात्र होइन अन्तर्राष्ट्रिय डिजाइन भएको प्रचण्डको भनाई छ ।

फरक प्रसंगमा प्रचण्डले आफ्नै तागतमा चुनाव जित्ने आत्मविश्वास लिनुपर्ने बताएका छन् । ‘गठबन्धनबाट आश गरेर जितौंला र खाउँला भन्ने दिमागबाट हटाइदिनुस्। गठबन्धन हुन्छ, उनीहरूले हामीलाई छोड्छन्, हामीले चुनाव जित्छौं र हामी फेरि भोलि पनि राम्रै पोजिसनबाट हुन्छौं भन्ने दिमागबाट हटाइदिनू ।’प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement