काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीबाट पार्टी एकता धरापमा परेको बताएका छन् ।
शुक्रबार आफू निकट प्रदेश नम्बर १ का जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले पार्टी एकताताका गरेका सहमति उल्लंघन गर्दा समस्या निम्तिएको बताएका हुन् ।
ओलीसँग भ्रममा परेर पार्टी एकता गरेको बताउँदै अध्यक्ष प्रचण्डले उनले जे भन्छन् त्यही छाड्दै गएकाले अहिले पछुतो लागेको बताएका छन् । उनले प्रधानमन्त्री अोलीले आफूलाई बैठकबाट अपमान गरेको गुनासो गरे ।
उनले भने, ‘उहाँले जिद्दी गर्दै जानुभयो, मैले छाड्दै गएँ । उहाँले भनेको मान्दै मान्दै गएँ । अन्तिममा त मलाई नै घोक्रेठ्याक लाएर कुर्सीबाटै निकाल्दिए । मलाई त रबरस्टाम्प जस्तै बनाइदिए ।’
अध्यक्ष प्रचण्डले ओलीका सबै तरिका र व्यवहार हेर्दा एउटै पार्टीमा बस्न नसकिने बताएका छन् । उनले ‘अलग पार्टी बनाउने कोशिश भइरहेको’ बताएका छन् ।
‘कहिले गर्नुहुन्छ तर उहाँको तरिकाले म अलग बस्छु भन्ने बताइरहेको छु । कहिले फुटाउने भन्ने मात्रै हो’, उनले भने ।




प्रतिक्रिया