देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जित्न सकिँदैन : प्रचण्ड

देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जित्न सकिँदैन : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशैभर नेकपा एमालेसँग प्रतिवाद नगरी आगामी चुनाव जित्न नसकिने बताएका छन् ।

शनिबार पार्टीको सम्पर्क समन्वय विशेष प्रदेश समितिले ललितपुरमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले एमाले नेता कार्यकर्ताको प्रतिवाद नगरी आगामी चुनाब जित्न नसकिने निष्कर्ष निकालेका हुन् ।

त्यसैगरी अध्यक्ष दाहालले एमालेसँग प्रतिवाद गरेर अघि बढ्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, ‘केपी ओलीको हातमा नेतृत्व छ र उनले फेरि एकचोटी माओवादीलाई सखाप गर्ने रणनीति लिएका छन् । ओलीले डेढ वर्ष भित्र हामी सरकारमा जान्छौ भनेका छन् । देशैभर एमालेसँग प्रतिवाद नगरी चुनाव जितिँदैन ।’

प्रचण्डले  काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन आफूले धेरै दुःख गरेको बताए । ‘मैले पाँचै वर्ष प्रधानमन्त्री दिँदा खाइन । तर डेढ वर्षका लागि प्रधानमन्त्री खाइदिनुस् भनेर शेरबहादुरजीलाई धेरै पटक भनियो । उहाँलाई धेरै दुःख गरेर प्रधानमन्त्री हुन तयार पारियो ।’ अध्यक्ष प्रचण्डले भने ।