बाबा रामदेवले योगलाई एउटा क्रान्ति मार्ग देखाउनु भयो : प्रचण्ड

बाबा रामदेवले योगलाई एउटा क्रान्ति मार्ग देखाउनु भयो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय योगगुरु बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी भएको बताएका छन् । शुक्रबार काठमाण्डुको मण्डिखाटारमा पतञ्जिलि योगपीठद्धारा आयोजित एक कार्यक्रममा उनले सुरुमा रुढीवादी जस्तो लागेको तर पछि बुझ्दै जाँदा योगगुरु बाबा क्रान्तिकारी भएको बताएका हुन् ।

‘सुरुमा चिनजान हुँदा, कता कता पहिले त उहाँ रुढीवादी र परम्परावादी हुनुहुन्छ जस्तो लागेको थियो । मैले जहिलेदेखि बाबा रामदेवसँग निकटता बढाएँ, छलफल गर्न थालेँ तब अर्कै पाएँ’ उनले भने,‘बुझ्दै जाँदा त उहाँ वैज्ञानिक र क्रान्तिकारी पो हुनुहुँदो रहेछ ।’

त्यसैगरी बाबा रामदेवले योगलाई एउटा क्रान्तिमार्ग देखाएको उनले बताए । ‘बाबा रामदेवले योगलाई एउटा नयाँ क्रान्ति मार्ग देखाउनु भयो । योगबाट आरोग्यतिर निरोगितातिर लाग्नु भयोु, उनले भने, ‘उहाँले आरोग्यताबाट उद्योगतिर लानुभयो।’