काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफुले मधेसी जनताको अधिकारका लागि संविधान संशोधनको प्रस्ताव अघि सारेको बताएका छन् ।
शनीबार रौतहटमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफूले संविधान संशोधन प्रस्ताव टेबुल गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले पारित गर्न अवरोध गरेको बताएका हुन् । ‘मैले मधेसी जनताको अधिकारका लागि संविधान संशोधन प्रस्ताव अघि सारेको थिएँ । केपी ओली भन्ने खलनायकले त्यसलाई पारित हुन दिएनन् ।’ प्रचण्डले भने ।
ओलीले आफूलाई संघीयतावादी र माओवादीलाई संघीयता विरोधी भनेर स्थापित गर्न खोजेकाले त्यसको भ्रममा नपर्न प्रचण्डले आग्रह गरेका छन् । ‘संघीयताकै लागि जनयुद्ध लडेको माओवादी विरोधी, राजावादीहरूसँग साँठगाँठ गर्ने चाहिँ संघीयता पक्षधर कदापी हुन सक्दैन । माओवादीले संघीयतालाई छोड्नै सक्दैन तपाईंहरू भ्रममा नबस्नुस् ।’उनले भने ।




प्रतिक्रिया