सरकारविरोधी आन्दोलनको योजना बनाउने थलाे बन्दै उपराष्ट्रपति निवास,प्रचण्ड-बावुरामको छलफल जारी

सरकारविरोधी आन्दोलनको योजना बनाउने थलाे बन्दै उपराष्ट्रपति निवास,प्रचण्ड-बावुरामको छलफल जारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष बावुराम भट्टराईबीच भेटवार्ता भइरहेको छ । उपराष्ट्रपति नन्दबहादुर पुनको निवासमा दुवै नेताबीच भेटवार्ता भइरहेको हो । सरकारविरुद्धको आन्दोलनमा शुक्रवार सम्बोधन गरेर प्रचण्ड उपराष्ट्रपति पुनको निवास पुगेका थिए । प्रचण्ड पुगेको १० मिनेटपछि भट्टराई त्यहा पुगेका हुन् । दुवै नेताबीच यसअघि पनि उपराष्ट्रपतिको निवासमा डिनरसहित छलफल भएको थियो ।

उपराष्ट्रपति नन्दबहादुर पुनको निवास पछिल्लो समय दुवै नेताको गोप्य छलफल गर्ने थलाे बनेको छ । उनिहरुबीच सरकार विरुद्धको आन्दोलन र पार्टी एकतालाई अघि बढाउनेबारे छलफल भइरहेको स्रोतको दावी छ ।

पुर्व प्रधानमन्त्री भट्टराई पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रमक रुपमा प्रस्तुत भएका छन् । भट्टराई लामो समय अघिदेखी प्रधानमन्त्री ओलीलाई पदबाट हटाउनुपर्ने माग गर्दै आएका थिए । प्रचण्ड र भट्टराईबीच लामो समयदेखी संवाद नभएपनि नेकपाको विभाजनपछि भने दुवै नेता नजिक भएका छन् । भट्टराई प्रचण्ड नेतृत्वको पार्टीबाट अलग भएर नयां शक्ति नेपाल भन्ने पार्टी गठन गरेका थिए ।