भरतपुर– माओवादीका अध्यक्ष एवं चितवन क्षेत्र नं. ३ का उम्मेद्वार पुष्पकमल दाहाल प्रचण्डले चितवनको अभिमतबाट देशको समृद्धिको नेतृत्व गर्ने चाहना बोकेर आफू चितवन आएको बताउनुभएको छ ।
घरदैलो अभियानका क्रममा चितवन- ३ को वडा नं.-९ मा आयोजित कार्यक्रममा भन्नुभयो ‘चितवन जिल्ला अग्रगामी सोचको नेतृत्व गर्ने जिल्ला हो। चितवनबाट निर्वाचित भएर, यहांहरुकै अभिमत लिएर देशको समृद्धिको नेतृत्व गर्ने संकल्प लिएर आएको छु । यो मेरा लागि अवसर पनि हो । घरदैलोको क्रममा तपाईहरुमा जुन उत्साह देखियो, जुन ममता र हार्दिकता पाए, त्यो मेरा लागि प्रेरणा र उर्जा भएको छ।’
“जहिले पनि अस्थीरता, जहिले पनि अस्थीर सरकार, यसले देशमा विकास हुन सकेन“ अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अस्थीर राजनीतिको रोगबाट देशलाई बचाउनु छ ।
त्यसका लागि हामीले एउटै कम्युनिष्ट पार्टी बनाउने संकल्प गरेका छौं । अबको दशक समृद्धिको दशक हुनेछ, समाजवादको दशक हुनेछ।’




प्रतिक्रिया