काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको एकतालाई अझ सुदृढ र बलियो बनाउने बताएका छन् । उनले संसारले नेपाललाई ध्यानपूर्वक हेर्नैपर्ने भएको बताए ।
जनयुद्ध दिवसको अवसरमा बुधबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा प्रचण्डले कम्युनिस्ट आन्दोलनको दुई धार (संसदीय बाटो र सशस्त्र विद्रोह)ले कुनै समय एकअर्कालाई सिध्याउने र आफू मात्र स्थापित हुने प्रयास गरेको स्मरण गरे ।
कार्यक्रममा प्रचण्डले पार्टी एकता ढिलो भएकोमा के होला भन्ने चिन्ता भइरहेका बेला भएको यो कार्यक्रमले केही दिनभित्र पार्टी एकता टुंग्याउने प्रेरणा दिएको समेत उनले बताए ।
प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओली सरकारको एक वर्ष पुगेको अवसरमा नगरी नहुने कामको चापले मात्र कार्यक्रममा आउन नसकेको उनले बताए । दुबैको समझदारीबाट देशभर कार्यक्रम तय गरिएको भन्दै नेकपाका अध्यक्ष प्रचण्डले भने, ‘यसअर्थमा हामीभित्र नयाँ एकताको आधार बनाएको छ ।’
नेकपा अध्यक्ष प्रचण्डले ‘कन्फ्युजन र भ्रम’ छाडेर गोलबद्ध हुन सबै कम्युनिस्ट घटकहरुलाई आहृवान गरेका छन् । साथै प्रमुख विपक्षी कांग्रेसलाई समेत प्रचण्डले विकास र समृद्धिको यात्रामा सहभागी हुन आग्रह गरेका छन् ।




प्रतिक्रिया