प्रचण्ड-नेपाल समूह महासचिव नयां नियुक्त गर्ने तयारीमा

प्रचण्ड-नेपाल समूह महासचिव नयां नियुक्त गर्ने तयारीमा


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल समूहले महासचिव नयां नियुक्त गर्ने तयारी थालेको छ। नेकपाका महासचिव विष्णु पौडेल केपी शर्मा ओलीतिर लागेपछि प्रचण्ड नेपाल समुह महासचिव बनाउने तयारीमा जुटेको हो । उनिहरुले यसअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाएर नेपाललाई अध्यक्ष बनाएका थिए ।

प्रचण्ड नेपाल समुहको नयां महासचिवको लागी आधा दर्जन नेता आकांक्षी देखिएका छन् । महासचिवका लागि नेपालले भीम रावल, सुरेन्द्र पाण्डे र वेदुराम भुषालको नाम अघि सारेका छन् । पाण्डेको नाममा अर्का नेता झलनाथ खनालको समेत साथ रहेको छ ।

प्रचण्डले भने वर्षमान पुन,शक्ति वस्नेत र जनार्दन शर्मामध्ये एक जनालाई महासचिव बनाउन चाहेका छन् । नेकपाका अध्यक्ष प्रचण्ड र नेपालबीच सहमती नभए महासचिव समेत दई जना बनाउने विषयमा छलफल भएको स्रोत बताउंछ ।