काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ताको तयारी भएको छ ।
दाहाल निवास खुमलटारमा तिनै नेताबीच भेटवार्ता हुन लागेको हो । उनिहरुबीच सरकार गठनको विषयमा छलफल हुन लागेको बताइन्छ ।
प्रधानमन्त्री प्रचण्ड र समाजवादीका अध्यक्ष नेपालबीच आजै विहान ललितपुरको हात्तिवनमा भेटवार्ता भएको थियो । नेपाललाई सरकारमा सहभागी गराउने विषयमा प्रचण्डले छलफल थालेका हुन् ।
एमाले अध्यक्ष ओली र नेपालबीच नेकपाको विघठनपछि आजै पहिलो पटक भेट हुन लागेको हो । समाजवादी र एमालेको एकताबारे पनि विभिन्न तहमा छलफल चलिरहेको छ ।




प्रतिक्रिया