सरकारको विरोघ गर्ने मुद्धा नभएपछि डा. केसीलाई कांग्रेसले हतियार बनायो : प्रचण्ड

सरकारको विरोघ गर्ने मुद्धा नभएपछि डा. केसीलाई कांग्रेसले हतियार बनायो : प्रचण्ड

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  कांग्रेससँग सरकारको विरोध गर्ने मुद्धा नभएपछि डा. केसीलाई हतियार बनाएको  आरोप लगाएका छन् ।

सोमबार राजधानीमा नेकपाका संस्थापक महासचिव पुष्पलालको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले कांग्रेससँग सरकारको विरोघ गर्ने मुद्धा भनएपछि डा. केसीलाई हतियार बनाएको आरोप लगाए। डा. गोविन्द केसीले पहिलोचोटी अनसन बसेको होइन, लोकतान्त्रिक भनेको सरकार हुँदा सबैभन्दा बढी बसेका छन्, अध्यक्ष प्रचण्डले भने, ‘गोविन्द केसीको अनसन नेपाली समाजले पचाइ सकेको छ।’
प्रचन्डले भने नेपाली काँग्रेसले खोजेको चाहिँ के हो ? काँग्रेस केसीको पुच्छर समातेर संघीय लोकतान्त्रिक गणतन्त्रमाथि काँग्रेसले के गर्न खोजेको हो ?  के काँग्रेसले गोविन्द्र केसीमाथि राजनीतिक गर्न खोजेको हो ? ’ प्रचण्डले डा. केसी प्रकरणमा काँग्रेसले लिएको पोजिसनतर्फ हमला गर्दै भने, ‘के काँग्रेस अलोकतान्त्रिक भएको हो ? काँग्रेस एजेन्डाविहीन भएको हो ? गोविन्द केसीको माग पुरा गर भनेर सम्पूर्ण तोडफोडमा उत्रनु भनेको मेरो दृष्टिमा अब काँग्रेस सिद्धियो ।

‘लोकतान्त्रिक भनिने तत्वको केसीको हत्या गरेर लासको राजनीति गर्न चाहन्छ’, कार्यक्रममा कांग्रेसप्रति आक्रमक रुपमा प्रस्तुत भएका प्रचण्डले भने, ‘के कांग्रेससँग राजनीति गर्ने अन्य सबै मुद्दा सकिएका हुन ।

सरकार डा.केसीसँग वार्ता गर्न लचकताका साथ प्रस्तुत हुने भन्दै उनले डा. केसीको आन्दोलन कुनै नौलो कुरा नभएको बताए।डा. केसी सरकारको वार्ता हुन्छ र सहमति हुन्छ भन्ने कुरासमेत जनताले थाहा पाइसकेको उनको भनाइ थियो।