मौन अवधिमा प्रचार–प्रसार गरे उम्मेदवारी खारेज हुने आयोगको चेतावनी


काठमाडौं– दोस्रो चरण प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसार सोमबारदेखि सकिएको छ । सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु भएकाले दिउँसो र साँझसम्मै दलका उम्मेदवार प्रचारप्रसारमा व्यस्त बने ।

 

 

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा प्रदेश ७ का कार्यक्रममा व्यस्त रहे भने एमाले अध्यक्ष केपी शर्मा ओली काठमाडौंका वाम उम्मेदवारका सभामा सहभागी भए ।

 

 

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल पनि चितवन क्षेत्र ३ का चुनावी सभामा सहभागी बने । त्यस्तै काठमाडौं २ को उम्मेदवार रहेका माधवकुमार नेपालले पनि सोमबार सांझ अन्तिम चुनावी सभालाई सम्बोधन गरे ।

 

 

 

प्रचारको अन्तिम समयलाई सक्दो सदुपयोग गरी मतदाता रिझाउन नेताहरूको निकै दौडधुप देखिन्थ्यो । मंसिर २१ गते १५ हजार तीन सय ४४ मतदान केन्द्रबाट हुने मतदानका लागि बिहान ७ देखि साँझ ५ बजेसम्मको समय तोकिएको छ । सोमबार अन्तिम प्रचारप्रसारमा सहभागी दल तथा मतदाता मतदानको दिनको व्यग्र प्रतीक्षामा छन् ।

 

 

दोस्रो चरणअन्तर्गत प्रतिनिधिसभा सदस्यतर्फ १२८ र प्रदेशसभातर्फ २५६ सिटका लागि बिहीबार निर्वाचन हुदै छ । मतदानको ७२ घन्टाअगाडिको समयलाई आयोगले मौन अवधि तोकेको छ ।

 

 

यो अवधिमा निर्वाचन प्रसारप्रसार गर्न पाइदैन । मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका प्रचारसामग्री हटाउन आयोगले आग्रह गरेको छ ।

 

 

त्यस्तै एसएमएस, फेसबुक, भाइबरजस्ता सामाजिक सन्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार नगर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि आयोगले स्पष्ट निर्देशन दिएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement