काठमाण्डु – प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत भएको साइकल खरिदमा भ्रष्टाचार देखिएको अख्तियारले बताएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासका प्रमुख कृष्णप्रसाद सापकोटाले प्रारम्भिक चरणको अनुसन्धानमा भ्रष्टाचार भएको देखिएको बताएका हुन् ।
जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले साइकल खरिद प्रकरणको प्रारम्भिक अनुसान्धानमा भ्रष्टाचार देखिएको पुष्टि गरे । गएको असोज १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मुख्यमन्त्री कार्यालयमा छापा मारेर साइकल खरिद सम्बन्धी कागजात नियन्त्रणमा लिएको थियो ।




प्रतिक्रिया