७ नम्बर प्रदेशमा मन्त्री बन्न लबिङ शुरु, को-को छन् मन्त्रीको दौडमा ?


गोविन्द रोस्यारा, धनगढी– प्रदेश नम्बर ७ मा प्रदेश सांसदबीच मन्त्री बन्न लबिङ शुरु भएको छ । बाम गठबन्धनको सरकार बन्ने भएपछी माओबादी केन्द्र र एमालेका सांसदहरु मन्त्री बन्नको लागी शक्ती केन्द्र धाउन थालेका छन ।

प्रदेश ७ मा फागुन ५ गतेभित्र सरकार गठन गरिसक्नुपर्ने संवैधानिक सीमा रहेको छ । मुख्यमन्त्रीसहित ७ मन्त्रालय रहेको प्रदेश मन्त्रिमण्डलमा एमालेले कम्तीमा ५ वटा मन्त्रालय पाउने सम्भाबन रहेको छ । माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ र एमालेले कम्तीमा ५ मन्त्रालय पाउने नेताहरुले बताएका छन ।

प्रदेश ७ मा बाम गठबन्धनको तर्फबाट एमालेका अर्जुन थापाको मात्रै सभामुखमा उम्मेदवारी परेकोले उनी मगलबारको संसद बैठकबाट सभामुख चयन हुँदै छन । एमालेमा ससदिय दलको नेता र मन्त्रीहरुको प्रमुख दाबेदार सासद प्रकाश शाह , दीर्घ सोडारी र तारा लामा तामाङ रहेको एमाले स्रोतले जनाएको छ ।

६ वटा मन्त्रालय पाउने सम्भावना रहको एमालेमा मन्त्रीका लागि सांसदहरू पूर्णा जोशी, नेपालु चौधरी, माया भट्ट, चुनकुमारी चौधरी, प्रकाश रावल, कृष्णराज सुबेदी लगायतले दौडधुप जारी राखेका छन ।

माओबादी केन्द्रमा मुख्यमन्त्रीमा डोटीबाट निर्बाचित सांसद त्रिलोचन भट्ट सिफारिस भएका छन भने मन्त्रीका लागी बिनिता चौधरी झपट बोहरा, मान बहादुर सुनार , देबकी मल्ल लगायतले प्रदेश इन्चार्ज लेखराज भट्टलाई रिझाउन थालेका छन ।

माओबादीमा मुख्य मन्त्रीका दाबेदार रहेका वीरभान चौधरी, मान बहादुर धामी रअक्कल रावलको ब्यवस्थापन पनि माओबादीको लागी चुनौतीपूर्ण रहेको छ ।

संविधानको धारा १८६ उपधारा २ को प्रावधानअनुसार प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् । सभामुखको सपथपछी उपसभामुख र मुख्य मन्त्रीको टुंगो लाग्ने र प्रदेश सरकार गठन प्रकृया अगाढी बढने संसद सचिबालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement