काठमाण्डु- नेपाली कांग्रेसका नेता प्रदीप गिरिको घाँटीको देब्रे भागमा ट्यूमर देखिएको छ । भारतको मुम्बईस्थित हिन्दुजा अस्पतालमा उपचाररत नेताको देब्रेतर्फको घाँटीको नलीबाहिर सानो आकारको ट्यूमर देखिएको हो ।
सो अस्पतालका अनुसार ट्यूमर अन्त कतै नफैलिएकाले चिन्ता गर्नुपर्ने अवस्था रहेको छैन् । चिकित्सकहरुले अन्य स्वास्थ्य परीक्षण पनि गरिरहेकाले रिपोर्ट हेरेर थप उपचार गरिने जनाइएको छ । स्वास्थ्यमा समस्या देखिएपछि नेता गिरि एक साताअघि उपचारका लागि मुम्बई गएका थिए ।




प्रतिक्रिया