काठमाडौं – भारतमा हजारौंको संख्यामा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न प्रगतिशील नेपाली समाज भारतले नेपाल सरकासंग आग्रह गरेको छ । संगठनका अध्यक्ष प्रकाश नेपाली र महासचिव लोकेन्द्र सेर्पालीले अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्न संयुक्त विज्ञप्तिमार्फ नेपाल सरकारलाई आग्रह गरेका हुन् ।
भारतमा पनि कोरोना संक्रमितको संख्या र मृतकको संख्या बढ्दो क्रममा रहेको छ । भारत सरकारले कोरोना भाइरस नियन्त्रण गर्न गत मार्च २२ देखि जारी गरेको लकडाउनलाई निरन्तरता दिदै आगामी मे १७ सम्म थप लकडाउनको घोषणा गरेको छ । यद्यपि केही स्थानमा खुकुलो पारेको छ । चिनको बुहान सहरबाट सुरुभएको भाइरस अहिलेसम्म विश्वका सबैजसो मुलुकमा फैलिसकेको छ । भाइरसका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । विश्वभरी लाखौं मान्छेहरुको ज्यान गैसकेको छ भने लाखौंलाख मान्छेहरू संक्रमित छन् ।
मजदुरहरुलाई घर फिर्ताको लागि केही प्रक्रिया र्पुयाएर एक राज्यबाट अर्को राज्य जानलाइ अनुमानि दिएको छ । भारत सरकारको उक्त निर्णयलाई पालना गर्दै तपाईं हामी जहां छौं त्यहि स्थानमा सुरक्षित तरिकाले बस्न विज्ञप्तीमा भनिएको छ । कोरोना भाइरस नियन्त्रणको लागि नेपाल सरकारबाट नै नेपाल भारत सीमा नाका बन्द गरेको अवस्थामा गलत समाचारबाट र व्यक्ति विषेशबाट नेपाल फिर्ताको लागि आएका गलत सुचनामा नलागि धैर्य भएर आआफ्नो स्थानमा बस्नहुन विषेश अपिल गर्दछौं ।
यतिबेला अन्य मुलुकमा जस्तै भारतमा पनि तपाईं हामी अत्यन्तै दुखद अवस्थामा रहेका छौं । हजारौंको संख्यामा नेपाली मजदुर विद्यार्थी विभिन्न पेसाकर्मीहरु यात्राको क्रममा विच बाटोमै अलपत्र छन् । उनिहरुको सकुशल उद्धारको लागि नेपाल सरकारबाट कुनै पहलकदमि नभएको विज्ञप्तीमा जनाएको छ ।
अलपत्र नेपालीलाई नेपाल सरकारले छिटोभन्दा छिटो उद्धार गरेर क्वारेन्टाइनमा राखी स्वास्थ्य चेकजाँच गरि सकुशल आआफ्नो घर फिर्ताको लागि व्यवस्था मिलाइदिन प्रगतिशील नेपाली समाज समिति भारतले नेपाल सरकारलाई अपिल गरेको छ । साथै दिल्लीस्थिति नेपाली दुतावासलाइ उक्त कार्यमा महत्तवपूर्ण भुमिका निभाइदिन विषेश ध्यानाकर्षण गराइएको छ ।
हालै भारत सरकारले जारी गरेको थप तेस्रो चरणको लकडाउन घोषणा सँगै भारतमा अलपत्र नेपालीहरू झन् निराश बनेका छन् । उनिहरुको अवस्था दिनानुदिन कठिन हुदै गएको छ । भारतका विभिन्न ठाउँबाट घर फिर्ताको लागि हिडेका हजारौं नेपाली मजदुर यतिखेर विभिन्न सहरहरुमा दुखदायीक जिबन बिताइरहेका छन् । दिल्लीस्थिति नेपाली राजदुतावासले भारतमा रहेका कुनै पनि नेपालीलाई उद्धार तथा अन्य पहल कदमी नगरको प्रगतिशिल नेपाली समाजका हमासचिव लोकेन्द्र शेर्पालीले बताए ।




प्रतिक्रिया