प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नयाँ प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक आह्वान भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसका लागि बुधबार साँझ पाँच बजे बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री अध्यक्ष हुने संवैधानिक परिषद्मा प्रधानन्यायाधीश, प्रतिनिधि सभाको सभामुख, राष्ट्रिय सभाको अध्यक्ष, प्रतिनिधि सभाको विपक्षी दलको नेता र प्रतिनिधि सभाको उपसभामुख सदस्य हुन्छन् ।

परिषद् सदस्य उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउने चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले परिषद बैठक बोलाएका हुन्।

बैठकले न्याय परिषद्ले २० भदौमा प्रधानन्यायाधीशमा सिफारिसका लागि पठाएको ८ न्यायाधीशको सूचीमाथि छलफल गर्ने छ । बैठकले प्रधान न्यायाधीशका लागि वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउतको नाम सिफारिस गर्ने सम्भावना रहेको छ। राउत पहिलो नम्बरमा छन् ।

प्रधानन्यायाधीश संवैधानिक परिषद्ले सिफारिस गरेर संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।

हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको आगामी असोज २० गते अनिवार्य अवकाश हुँदैछ । संविधानमा बहालवाला प्रधानन्यायाधीश अवकाश हुनुभन्दा एक महिनाअघि नै भावी प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउनुपर्ने व्यवस्था छ।