काठमाण्डु– अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराइलीको फिल्म ‘परिवर्तन’ ले एक सातामा जम्मा ३१ लाख कमाएको छ । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको रिपोर्ट अनुसार, फिल्मले एक सातामा जम्मा ३१ लाख ९ हजार ९२५.२३ रुपैयाँ कमाएको हो ।
गत ९ गतेबाट प्रदर्शनमा आएको फिल्मले १७ गते शनिबारसम्म बक्स अफिसमा ३१ लाख, ९ हजार ९२५ ग्रस कलेक्सन गरेको छ । यो अवधिमा फिल्मको टिकट ११ हजार ६ वटा बिकेका छन् ।
देशमा विद्यमान भ्रष्टाचार, बेथिति,अन्याय र अत्याचारको विरोध गर्दै युवाहरूले अब देश परिवर्तनको नेतृत्व लिनुपर्ने सन्देश बोकेको फिल्म विजय केरुङले निर्देशन गरेका हुन् ।
फिल्ममा सुशील र अञ्जनाका अलवा करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शङ्कर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, सिरु विष्ट, आशा पौडेल, आयुषा कार्की लगायतका कलाकारको अभिनय छ । ‘परिवर्तन’ फिल्मले भ्रष्टाचार र अन्यायको विरुद्ध युवाहरूले देशको नेतृत्व लिनुपर्ने सन्देश दिएको छ ।




प्रतिक्रिया