प्रवक्ता प्रकाण्डको आरोप : सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन

प्रवक्ता प्रकाण्डको आरोप : सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले काठमाडौंमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रवक्ता खड्ग बहादुर विश्वकर्मा प्रकाण्डले सरकारले विदेशीको चाकरी गरिरहेको आरोप लगाएका छन्।

राजधानीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै प्रकाण्डले ९ महिना सम्म सरकारले कुनै काम गर्न सक्दा सरकारको रुप जनताले चाल पाइसकेको बताए। ’देश अहिले विदेशीको नियन्त्रणमा जस्तो देखिएको छ’, उनले भने, ’सरकारले विदेशीको चाकरी भन्दा अरु केही गरेको छैन।’

नेताहरु रातारात धनी कसरी भए भन्दै विश्वकर्माले प्रश्न गरे। ’हिजो केही नभएकाहरु आज कसरी धनी भएका छन ?’ उनको प्रश्न छ। ’हिजो केही नभएका नेताहरु आज कसरी रातारात धनी भए?’, उनले भने, ’जनताले हिसाव खोज्ने छन्।’ । राष्ट्रलाई मुक्ति गर्नको लागि अन्तिम आन्दोलन जरुरी भएको उनले बताए।

यतिबेला देशलाई खण्डित बनाउने षडयन्त्रहरु चलिरहेको समेत बताए। तराई, पहाड, हिमालका नाममा खण्डित गर्न खोजिएको उनको भनाई छ। राष्ट्रघातिहरुका विरुद्ध सवै नेपाली जनता सेना हुन जरुरी भएको भन्दै आह्वान गरे।