काठमाण्डु – नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले सिंहदरबारभित्र आम सर्वसाधारणलाई सहज भित्र छिर्न पाउनुपर्ने भन्दै सभामुखसँग रुलिङ माग गरेका छन् ।
शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद ज्वालाले यस्तो माग गरेका हुन् ।
सरकारले लाइनविहीन सेवाको सुरुवात गरेको भए पनि सिंहदरवार प्रवेशका लागि सेवाग्राही लाइनमा लाग्ने गरेको प्रसङ्ग कोट्याउँदै जारी प्रतिनिधसभा बैठकमा उनले सिंहदरवारभित्र सेवाग्राहीलाई निर्वाध प्रवेशको व्यवस्था गर्न रुलिङको माग गरे ।
मन्त्रालयजति सबै सिंहदरवारभित्र राख्ने र सेवाग्राहीलाई प्रवेशमा कठाइले सुशासनको प्रत्याभूति नहुने भन्दै सांसद ज्वालाले तत्काल सिंहदरवार प्रवेशलाई सहज गराउन माग गरे ।




प्रतिक्रिया