प्रकाशमान सिंह र प्रचण्डबीच भेटवार्ता,के भयाे कुराकानी ?

प्रकाशमान सिंह र प्रचण्डबीच भेटवार्ता,के भयाे कुराकानी ?

प्रधानमन्त्री बन्न देउवा र प्रचण्डको आ-आफ्नै दाउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहबीच भेटवार्ता भएकाे छ ।

शुक्रबार बिहान प्रचण्ड निवास खुमलटार पुगेर प्रकाशमानले अध्यक्ष प्रचण्डसँग सभापति देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि सघाउन आग्रह गरेका हुन्।

गठबन्धन दलबीच सरकार बनाउने सहमति भएपनि नेतृत्वको विषयमा सहमति बन्न सकेको छैन । प्रचण्डले पहिलो कार्यकाल आफूले पाउनुपर्ने अडान लिएपछि सत्ता गठबन्धनभित्र ‘पावर सेयरिङ’ मा कुरा मिल्न सकेको छैन।

प्रचण्डले पहिलो कार्यकाल प्रधानमन्त्री नपाए विकल्प खोज्ने संकेत दिएको बताइएको छ । कांग्रेसले प्रधानमन्त्री नदिए प्रचण्डले एमालेसँगको संवादलाई अगाडि बढाउने तयारी गरेका छन् ।

सत्ता साझेदार तीन दलका शीर्ष नेताबीच बालुवाटारमा बिहीबार साँझ भएको छलफल बिनानिष्कर्ष टुङ्गिएको थियो। कुरा नमिलेपछि उनीहरू शुक्रबार अपरान्ह फेरि बस्ने गरी उठेको बालुवाटार स्रोतले जनाएको छ।गठबन्धनमा प्रधानमन्त्रीसहित राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, राष्ट्रियसभा अध्यक्ष, मुख्यमन्त्रीलगायका पद प्याकेजमै सहमति प्रयास जुटाउने गृहकार्य भइरहेको छ ।