आफ्नै नाममा सहमति गर्न चाक्सीबारी पुगेका नेताहरुलाई प्रकाशमानकाे आग्रह


काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १४ औँ महाधिवेशन अन्तर्गत  सभापति पदको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न आग्रह गरेका छन् । बिहीबार संस्थापनइतर पक्षका नेताहरूलाई सिंहले सभापतिको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न आग्रह गरेका हुन् ।

सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहको निवास चाक्सीबारीमा पुगेका थिए । उक्त भेटमा नेतात्रयले साझा उम्मेदवार तय हुन नसके जित्न नसक्ने भएकाले सहमति खोज्नुपर्ने बताएका थिए ।

नेता सिंहले भने सभापतिमा आफू नै उठ्नुपर्ने उनको अडान छ । आफू सभापतिको उम्मेदवार बन्दा रामचन्द्र पौडेल बाहेक सबै नेता आफ्नो टिममा अटाउन सक्ने उनको दावी छ । यता डा. शेखर कोइरालाले पनि आफू सभापति पदको उम्मेदवारबाट पछि नहट्ने अडान लिएका छन् । कांग्रेको १४ औँ महाधिवेशनको अघिल्लो दिनसम्म पनि संस्थापनइतर पक्षले साझा उम्मेदवार तय गर्न सकेको छैन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement