काठमाण्डु – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा असफल भइसकेको बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता सिंहले देउवाले नेतृत्व गरेपछि नै कांग्रेसमा विचलन आएको बताएका हुन् ।
उनले ‘अर्ली इलेक्सन’ आवश्यक नभएको जनाउँदै अहिले देशमा सरकार रहेकोले सरकारविहिन अवस्थामा मात्रै ‘अर्ली इलेक्सन’ आवश्यक हुने बताए । त्यसैगरी उनले न्यायलयमा देखिएको विरोधमा सरकार नबोलेकोमा आश्चर्य लागेको समेत बताए ।




प्रतिक्रिया