पार्टी चलाउन क्षमता चाहिन्छ : प्रकाशमान सिंह

पार्टी चलाउन क्षमता चाहिन्छ : प्रकाशमान सिंह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टीलाई तल्लो तहदेखि नै मजबुत बनाउनुपर्ने बताएका छन् ।

मंगलबार पोखरामा नेपाली कांग्रेस वडा समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीलाई १४औं महाधिवेशन पछि पार्टी तल्लो तहदेखि नेतृत्व तहसम्म मजबुत बनाउनुपर्ने बताएका हुन् । मौका पाउँदा पनि गर्ने नसक्नेलाई पदमा राखिराख्न नहुने उनको भनाइ थियो ।

साथै नेता सिंहले जिल्ला सभापति हुँदा काठमाण्डुलाई देशभरको उत्कृष्ट जिल्ला बनाएको दाबी गरे । मौका पाउँदा काम गर्नु पर्दछ भन्ने मान्यता आफूमा रहेको उनको भनाइ छ । ‘पदमा बस्ने काम नगर्ने अनि मलाई पद चाहियो भनेर हुन्छ । पार्टी चलाउँन क्षमता चाहिन्छ,’ उनले भने, ‘साधारण पार्टी कार्यकर्ताबाट अहिलेको अवस्थासम्म आएको हुँ, पार्टी चलाउन प्रशस्त अनुभव छ ।’