अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल हटाउन बालेन प्रहरीसहित बानेश्वरमा


काठमाण्डु – काठमाण्डु महानगरले महानगपालिकाभित्रका अन्डरग्राउण्ड पार्किङमा राखिएका संरचना हटाउन सुरु गरेको छ ।

काठमाण्डु महानगरका मेयर बालेन साह आफै उपस्थित भएर अन्डरग्राउण्ड पार्किङमा राखिएका पसल तथा संरचना हटाउन सुरु गरेका हुन् । उक्त कार्य नयाँ बानेश्वर क्षेत्रबाट सुरु गरिएको मेयर बालेनका स्वकिय सचिव भूपदेव शाहले जानकारी दिए ।

अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर ब्यापारिक प्रयोजनका लागि प्रयोग भएको भन्दै महानगरले यसअघि नै ३५ दिने सूचना जारी गरी त्यस्ता संरचना हटाउन भनेको थियो ।

ट्राफिक प्रहरी, नेपाल प्रहरी र नगर प्रहरीसहितको सहयोगमा आजबाट अन्डरग्राउण्ड पार्किङको पसल तथा संरचना हटाउन थालिएको स्वकिय सचिव शाहले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement